मिति २०७३ साल माघ २८ गतेका दिन हुम्ला जिल्लाको प्रथम चौमासिक प्रगति समीक्षा निमित्त स्थानीय विकास अधिकारी रोशन पुनको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरेको प्रमुख आथित्यमा जिल्ला विकास समितिको कार्यालयको सभाहलमा सम्पन्न भयो । यस समीक्षा बैठकमा सरकारी तथा गैह् सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले आफ्नो कार्यालयबाट चौमासिक अवधिमा कार्यान्वयन गरिएका कार्यको प्रगति प्रस्तुतिकरण गरेका थिए । जसवाट हुम्ला जिल्लामा प्रथम चौमासिक अवधिमा के कति कार्य सम्पन्न भई प्रगति प्राप्त भयो भन्ने वारेमा जानकारी भएको थियो ।