भब्य कार्यक्रमका बिच प्रजातन्त्र दिवस मनाईयो जिल्ला विकास समितिकाे अायाेजनामा जिल्ला स्थित गैह्रसरकारी संस्थाकाे वार्षिक समिक्षा सम्पन्न जिल्ला विकास समितिकाे अायाेजनामा प्रथम चाैमासिक समिक्षा सम्पन्न बार्षिक सार्वजनिक सुनुवाई गोष्ठी सम्पन्न संघीय संरचना अबधारण अनुसार जिल्लाको गाउपलिका सिमाना निर्धारणका निम्ति सर्बपछीय बैठक जिविस सभाहलमा संचालन हुदै आ.व. २०७२/२०७३ को बार्षिक समीक्षा गोष्ठी २०७३ साल साउन ४ गते विहान ११: बजेबाट जिविसको सभाहलमा सुरू हुदै छ / लैगिक समानता तथा समबेसीकरण र लैगिक उत्तरदायी बजेट समन्धी २ दिने तालिम मिति २०७३-३-२० देखि २१ गते सम्म सन्चिलत कार्यक्रम आज बाट जिविसमा शुरु welcome

भब्य कार्यक्रमका बिच प्रजातन्त्र दिवस मनाईयो

जिल्ला विकास समितिको आयोजनामा मिति २०७३ साल फाल्गुन ६ र ७  गते  हुम्ला जिल्ला बिभिन्न कार्यक्रम गर्दै ६७ औ प्रजातन्त्र दिबश भब्यताकासाथ मनाईएको छ । दिवसको अबसरमा फाल्गुन ७ गते बिहान ८ बजे जिल्ला विकास समितिको प्रागणमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एब प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, सुरक्षा कर्मी (नेपाली सेना, नेपाल प्रहरी), नागरिक समाज, बुद्धिजीबी, पत्रकार, गैर सरकारी सस्था, रेडक्रस तथा स्थानीयहरुको सहभागीतामा प्रभात फेरी सुरु भई नगर परिक्रम गरि जिल्ला विकास समितिको सभाहलमा आएर औपचारिक कार्यक्र गरिएको थियो । सो कार्यक्रमको अध्यक्षता श्रीमान्  स्थिनिय बिकास अधिकारि बलदेब प्रसाद अधिकारि तथा प्रमुख अतिथिको रुपमा श्रीमान प्रमुख जिल्ला अधिकारी डा कृष्ण ब घिमिरे रहनु भएको थियो भने सम्पूर्ण राजनीतिक दलका प्रमुख एब प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा प्रजातन्त्र दिवसको अबसरमा राजनीतिक दल, पत्रकार तथा सामाजिक अगुवाबाट शुभकामना मन्तब्य दिईएको थियो । जी बि सका योजना अनुगमन तथा प्रशासकीय अधिकृत श्री रोशन पुनको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सचालन पत्रकार राजन रावतले गर्नु  भएको थियो ।

प्रजातन्त्र  दिवशको अबसरमा अघिल्लो दिन ६ गते जिल्ला प्रशासनको खालि प्रगणमा स्थानीय सस्कृति झल्काउने देउडा नाच/गान प्रतियोगिता सम्पन्न गरिएकाे थियाे । जसको सयोजकको भूमिका महिला तथा बालबालिका कार्यलयाले निर्वाह गरेको थियो । विभिन्न समुहले भाग लिएको सो प्रतियोगितामा प्रथम, दितीय, तृतीय र सान्त्वना पुरस्कारका लागि चार समुहलाई छनोट गरिएको थियो ।  त्यस्तै ६ गते नै सोहि स्थानमा मा.वि स्तरीय “प्रजातन्त्र र यसको महत्व” शिर्षकमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको थियो जसमा रमेश बोहोरा, बालामन्दिर स्कुल-प्रथम, एकता बोहरा, मानसरोबर स्कुल-दितीय, सबिन रोकाया , मानसरोबर स्कुल -तृतीय र मनिषा हमाल, बालमन्दिर स्कुलले -सान्त्वना स्थान प्राप्त गरेका थिय ।  पुरस्कृत देउडा समूह र बक्तित्व कलामा पुरस्कृत बक्ताहरुलाई फाल्गुन ७ गते जी बि स हलमा पुरस्कार बापत नगद तथा प्रमाण-पत्र वितरण गरिएको थियो ।

Skip to toolbar