
हुम्ला जिल्लाकाे वरगाँउ गा.वि.स नेपालकाे चाैथाे बालमैत्रि गा. वि. स घाेषित भएकाे छ । मिति २०७३ साल माघ १८ गते संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री मामनिय श्री श्रीप्रसाद जवेगुकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान् डा. कृष्णा बहादुर घिमिरे, स्थानिय विकास अघिकारी श्रीमान् बलदेव प्रसाद जाेशी, मन्त्रालयका उपसचिव श्री चिरन्जिवी तिमिल्सिना, जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलका जिल्ला प्रतिनीधि, स्थानीय प्रतिनीधि, विभिन्न् कार्यलयका कार्यालय प्रमुख, विभिन्न संध संस्थाका प्रमुख एंव प्रतिनीधि, पत्रकार, नागरिक समाज, गा.वि.स. स्थित बाल क्लवका प्रतिनीधि, महिला समुह तथा स्थानीयहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।
नेपाल सरकारले बालमैत्री स्थानीय शासन लागु गरे यता बरगाँउ गा.वि.स मा पनि साे कार्यक्रम लागु गरिएकाे थियाे । नेपाल सरकारले बालमैत्री गा.वि.स बन्न निर्धाेरणा गरेका अावश्यक सम्पूर्ण न्यूनतम शर्तहरू पुरा गर्दै बरगाँउ गा.वि.स नेपालकाे चाैथाे, प्रदेश न. ६ काे पहिलाेे(साविककाे कर्णालि प्रदेशकाे पहिलाे गा.वि.स) बाल मैत्रि गा.वि.स घाेषणा भएकाे हाे ।
बरगाँउ गा.वि.स हुम्ला जिल्लाकाे सदरमुकाम सिमकाेट गा.वि.स संग जाेडिएकाे गा.वि.स हाे । राष्ट्रिय सडक सन्जालले नछाेएकाेे कारणा यातायातकाे सुविधा नपुगेकाे जिल्ला भएकाे कारणा यस जिल्लामा अाेहाेर दाेहाेर गर्न पैदल हिड्नुकाे विकल्प छैन त्यसैले माननिय मन्त्रीकाे टाेली सदुरमुकाम बाट विहान हिडेर बरगाँउ गा.वि.स पुगि कार्यक्रम सकेर साेहि दिन हिडेरै सदरमुकाम फर्केकाे थियाे ।