संक्षिप्त परिचय
-जिल्ला परिचय
हुम्ला जिल्ला मध्य–पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने कर्णाली अञ्चलको उत्तर पश्चिम भागमा अवस्थित छ । भौगोलिक क्षेत्रको हिसावले नेपालको दोश्रो ठूलो जिल्ला र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्न आउँछ । मानव विकास सूचाकाङ्कको हिसाबले हुम्ला जिल्ला एचडिआई भ्यालु ०.४३२ सहित ७४ औं स्थानमा रहेको छ ।
अझैसम्म पनि यो जिल्ला सडकको राष्ट्रिय सञ्जालमा जोडिन सकेको छैन । त्यसैले यो जिल्लाको विकासको प्रवेशद्धार अझै सम्म खुल्न सकेको छैन भन्न सकिन्छ । जिल्लामा उपलब्ध श्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गर्न गर्न सकिएको छैन । राज्यबाट भएको वहिष्करणको ब्यवहारको कारणले गर्दा यस जिल्लामा बसोबास गर्ने मानिसहरु स्वास्थ, शिक्षा र पोषण जस्ता आधारभूत आवश्यकताको परिपुर्तिबाट बञ्चित रहेका छन् ।
मुगु जिल्लासँग सिमा जोडिएको दक्षिणी भाग भन्दा तिब्बतसँग सिमा जोडिएको उत्तर पश्चिम भेगको स्थिति सापेक्षिक रुपमा राम्रो रहेको छ । यस जिल्लाको सदरमुकाम सिमकोट हो र यसलाई तिब्बतको सिमासँग सडक यातायातले जोड्ने प्रयास गरिएको छ भने नेपालको अन्य ठाउँबाट पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सुर्खेत सिमकोटको हवाई मार्ग मात्र हो ।
थप पढ्नुहोस्